बैंक तथा वित्तिय संस्थामा ५३ खर्ब भन्दा बढीको निक्षेप संकलन 

बैंक तथा वित्तिय संस्थामा ५३ खर्ब भन्दा बढीको निक्षेप संकलन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकल भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब २ अर्ब निक्षेप संकलन भएको हो । पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग  ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते  ५३ खर्ब २ अर्ब पुगेको हो ।

गत मङ्सिरको अन्तिमसम्ममा ५२ खर्ब हराहारीमा रहेको निक्षेप संकलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याक अनुसार वाणिज्य बैंकमा मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप सकलज भएको हो । 

पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले  ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ ।

बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ ।