पोखरेली जनताको सपना बल्ल पुरा भयोः अर्थमन्त्री पौडेल 

पोखरेली जनताको सपना बल्ल पुरा भयोः अर्थमन्त्री पौडेल 

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरेली जनताले देखेको सपना आज साकार भएको ब्यक्त गरेका छन् । साथै पोखराले अब सबै सहरलाई जोड्नुपर्ने बताएका छन् ।

पोखराका जनताको सपना पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले अब पोखराले सबै सहरलाई जोड्नुपर्ने धारणा राखेका हुन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।

विमानस्थलको अधिकतम प्रयोग कसरी गर्ने भन्ने चुनौती रहेको भन्दै उनले उड्डयन प्राधिकरणलाई आवश्यक पर्ने सहयोग अर्थ मन्त्रालयले गर्ने बताए । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थलको उद्घाटन गरेका थिए ।