गोर्खाज फाइनान्सको सञ्चालकमा चोङवाङ र नेम्बाङ नियुक्त 

गोर्खाज फाइनान्सको सञ्चालकमा चोङवाङ र नेम्बाङ नियुक्त 


काडमाडौं –  गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालकमा विनोद कुमार चोङवाङ र कर्मेन्द्र बिक्रम नेम्बाङ (लिम्बु) नियुक्त भएका छन् । कम्पनीको सर्वसाधारण समूह तर्फबाट सञ्चालक पदमा विनोद कुमार चोङवाङ र संस्थापक शेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्बाङ नियुक्त भएका हुन् ।  

कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको ५१७ औं बैठकको निर्णय अनुसार रिक्त रहेका सो पदमा यी दुई नियुक्त भएका छन् । कम्पनी ऐन, २०७३ को दफा १४ अनुसार दुईको कार्यकाल  बाँकी अवधिका लागि वैशाख १५ गते देखि लागू हुने गरी सो पदमा नियुक्त भएका हुन् ।