राष्ट्र बैंकले दार्चुला बाट सुरु गर्याे‘डिजिटल वित्तिय साक्षरता’ कार्यक्रम, ग्रामीण भेगका जनतालाई इन्टरनेट र भाषाकै समस्या 

राष्ट्र बैंकले दार्चुला बाट सुरु गर्याे‘डिजिटल वित्तिय साक्षरता’ कार्यक्रम, ग्रामीण भेगका जनतालाई इन्टरनेट र भाषाकै समस्या 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ‘डिजिटल वित्तिय साक्षरता’ कार्यक्रम दार्जुलाको सदरमुकाम खलङ्गाबाट आज औपचारिक रुपमा शुभारम्भ गरेको छ । राष्ट्र बैंकले आज देखी देशव्यापी रुपमा डिजिटल प्रणालीलाई सरल र सहज रुपमा जनमानसलाई वित्तिय शिक्षा पृर्याउने उदेश्यले उक्त कार्यक्रम घोषणा गरेको हो ।

सहरी क्षेत्रमा बैंकको पहुँच भएपनि ग्रामीण भेगमा सहज नभएको र डिजिटल प्रणाली हालको समयमा अपरिहार्य भएकोले पनि विशेष गरी ग्रामीण क्षेत्रलाई केन्द्रविन्दु बनाई डिजिटल वित्तिय साक्षरताको घोषणा गरेको बैंकले जनाएको छ ।
तर वाणिज्य बैंकहरुले यस्ता कार्यक्रम यसअघि नै सुरु गरेपनि उपलब्धी देखिएको छैन । वाणिज्य बैंकहरुले आफ्नो तर्फबाट डिजिटल कारोबारलाई प्रत्सोहन गरेपनि ग्रामीण क्षेत्रको जनतालाई भने यस्तो कार्यक्रमले छुन सकेको छैन । 
समस्या भाषा र इन्टरनेटमा 

राष्ट्र बैंकले डिजिटल वित्तिय साक्षरता कार्यक्रम घोषण गरेपनि ग्रामीण भेगमा रहेका जनतामा भाषाको समस्याले गर्दा डिजिटल वित्तिय साक्षरता कार्यक्रम घोषणामा मात्र सिमित भएको पाईन्छ ।
पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले डिजिटल प्रणाली मार्फत कारोबार गर्नैको उत्साह भएपनि कतिपयलाई भाषाकै कारण निरास पार्नै गरेको छ ।  

राष्ट्र बैंक डिजिटल भुक्तानी प्रणालीका उपनिर्देशक तिर्थ ओझाका अनुसार भाषाको समस्यालाई सम्बोधन गर्दै जनतालाई डिजिटल प्रणालीमा जुड्नुको विकल्प नरहेको बताएका छन् । उनले बैंकिङ्ग समाचार सँग कुरा गर्दै भने, ‘कुनै समय एटिएममा पनि भाषाकै समस्या रहेको थियो तर राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गरी एटिएममा नेपाली भाषा राख्न आग्रह गरेको थियो । त्यसरी नै डिजिटल प्रणालीमा रहेको भाषालाई पनि सम्बोधन गर्नेछौ, साथै पहिले विदेशबाट टेक्नोलोजी भित्रिने गरेकोले भाषाको समस्या थियो तर हाल देशमा नै विभिन्न प्रविधी बनिरहेकोले भाषागत समस्या छिट्टै अन्त्य हुने उनले बताए ।’

त्यस्तै, नेपाल दुरसञ्चार प्रधिकरणका निर्देशक सन्तोष पौडेलले पछिल्लो समय ग्रामीण भेगका धेरै स्थानहरुमा इन्टरनेटको पहुँच पुर्याउन विभिन्न टेन्डर खोली काम भईरहेको जनाएका छन् साथै, ग्रामीण भेगका केही स्थानहरु जहाँ सो क्षेत्रका जनताहरु एकिकृत हुन्छन त्यस्तो ठाउँमा इन्टरनेट पुगेको बताएका छन् उनले भने, हामीले पनि अरुलाई टेन्डर खोलेर कामको जिम्मा दिने हो सो काम हामीले गरिरहेका छौ, त्यस्तै, इन्टरनेट ग्रामीण भेगका जनताको मोवाइलमा नगएपनि केही मुख्य स्थानमा फाइबर गइसकेको छ, जस्तै स्वास्थ्य चौकी, विद्यालय, वडा कार्यलय लगायतको क्षेत्रमा भने इन्टरनेट पुगेको दावीका साथ भन्न सक्छु, उनले भने ।’