छ्याङ्दी हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति 


काठमाडौं–  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले  धितो पत्र बोडद्वारा शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीले  वैशाख १२ गते बोर्डद्वारा उक्त शेयर निष्कासका लागि अनुमति पाएको हो  । 

बोर्डबाट अनुमति पाए पश्चात् कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णयलाई खारेज गरी शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

कम्पनीले  हाल चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ बराबरको सोही रुपैयाँको आधारमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।