काठमाडौं – आजदेखि प्रतिनिधि सभाको बजेट अधिवेशन सुरु भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारीका लागि आजदेखि प्रतिनिधि र राष्ट्रिय सभाको अधिवेशन सुरु भएको हो ।
आज शुक्रबार १ बजेदेखि अधिवेशन सुरु भएको छ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । जेठ १५ गते आउन जम्माजम्मी १ महिना बाँकी रहँदा अर्थमन्त्रालयले धमाधम बजेटको तयारी गरिरहेको छ ।
यहीकारण, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्नका लागि बजेट अधिवेशन सुरु भएको हो । अधिवेशनमा बजेटका प्राथमिक्ता तथा सिद्धान्त, बजेटले लिने प्राथमिक्ता तथा सांसदहरुको सुझाव संकलन गरिन्छ । तर, यता अर्थमन्त्रालयलाई भने आगामी वर्षको बजेटका लागि स्रोत जुटाउनै मुस्किल परिरहेको छ ।
अमेरिकी राष्ट्रपति विश्वव्यापी अनुदान रोकेपछि मन्त्रालय वैदेशिक सहायताको स्रोत अभावबाट गुज्रिरहेको छ । यस्तै, राजश्व लक्ष्यअनुरुप नउठ्दा र आन्तरिक अर्थतन्त्र चलायमान नबन्दा समेत स्रोत जुटाउन टाउको दुखाई बन्दै गइरहेको छ ।
प्रतिक्रिया