रियल स्टेट तथा आवास कर्जा बढ्यो, एक वर्षमा ३ खर्ब बढी प्रवाह

रियल स्टेट तथा आवास कर्जा बढ्यो, एक वर्षमा ३ खर्ब बढी प्रवाह


काठमाडौं – नेपाल राष्ट्र बैंकको तथ्यांकले पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा सुधार आएको छ। राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०२३/२४ मा वित्तीय संस्थाहरूबाट प्रवाह भएको क्षेत्रगत कर्जा वितरणले उपभोग कर्जा १९.६२ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्र १९.३४ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादन १६.६० प्रतिशत र वित्त, बीमा तथा रियल स्टेट क्षेत्र ७.६७ प्रतिशत ओगटेको हो ।

समीक्षा वर्षमा रियल स्टेट तथा आवास कर्जामा वृद्धि भएको छ । रियल स्टेट तथा आवास कर्जामा समीक्षा वर्षमा वृद्धि भएको हो। आवास कर्जामा लगानी २०७९ साउनको तुलनामा १०.९८ प्रतिशतले वृद्धि भई २०८१ साउनमा ३ खर्ब ८७ अर्ब २ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ३ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ थियो ।

रियल स्टेट कर्जामा लगानी ७.४४ प्रतिशतले वृद्धि भई २०७९ साउनको तुलनामा २०८१ साउनमा २ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, व्यक्तिगत आवास कर्जाले कुल कर्जा तथा अग्रिमको ७.४९ प्रतिशत ओगटेको छ । बैंकहरू, विकास बैंकहरू र वित्त कम्पनीहरूले रियल स्टेट क्षेत्रमा क्रमशः ४.९२ प्रतिशत, ६.६९ प्रतिशत र १०.१९ प्रतिशत कर्जा प्रवाह गरेका छन्।

बैंक वित्तीय संस्थाले स्थायी सम्पत्तिको धितोमा कर्जा प्रवाह उच्च स्तरमा कायम राखेको राष्ट्र बैंकको रिपोर्टले देखाउँछ । २०८१ साउनसम्ममा, बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ७६.२२ प्रतिशत अर्थात् ३९ खर्ब ३८ अर्ब रुपैयाँ स्थायी सम्पत्तिको धितोमा प्रवाह गरेका छन् । त्यसमा, बैंकहरूले ७५.०१ प्रतिशत, विकास बैंकहरूले ८६.२६ प्रतिशत र वित्त कम्पनीहरूले ८१.४९ प्रतिशत कर्जा स्थायी सम्पत्तिको धितोमा प्रवाह गरेका छन्।