नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तद्वारा शपथ

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तद्वारा शपथ


काठमाडौं – नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

नेकपा एमालेका सांसद पन्त वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका हुन्।