सिमेन्ट,क्लिंकर जस्ता वस्तु निर्यात अनुदान कार्यविधी कार्यान्वयन गर्न राष्ट्र बैंकद्धारा निर्देशन जारी 

सिमेन्ट,क्लिंकर जस्ता वस्तु निर्यात अनुदान कार्यविधी कार्यान्वयन गर्न राष्ट्र बैंकद्धारा निर्देशन जारी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधी २०७९ कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । 
सो कार्यविधी अनुसार सिमेन्ट, क्लिंकर जस्ता वस्तु निर्यात गर्दा अनुदानको व्यवस्था गर्न केन्द्रिय बैंकले सम्बन्धीत निकायलाई निर्देशन दिएको हो । सरकारले कार्यविधी संशोधन गरेअनुसार सिमेन्ट, डन्डीलगायत वस्तु निर्यातमा दिईने अनुदानका लागि सम्बन्धित निकायलाई राष्ट्र बैंकले निर्देशन दिएको हो । 

संशोधित कार्यविधी अनुसार निर्यात गर्ने उद्योगीले सोधभर्नाबाट निर्यात अनुदान रकम १५ दिनभित्र पाउनेछन् ।

संशोधित व्यवस्था मार्फत राष्ट्र बैंकले भनेको छ,‘ विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र २०७८ को केही बुँदाहरुमा संशोधन गराएकोले सोही बमोजिम गर्न गराउन यो निर्देशन जारी गरिएको हो, निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधी (पहिलो संशोधन ) कार्यविधी २०७९ लागू गरेको हुँदा सोहीबमोजिम संशोधित व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्नेछ ।
त्यस्तै, निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधी २०७९ तथा परिपत्रमा उल्लेख भएको प्रावधान तथा प्रकृयाहरु पुरा नभई प्राप्त भएका निवेदनहरुको शोधभर्ना गरिने छैन ।’ संशोधनमा भनिएको छ ।