‘रिलायबल समृद्धि योजना’ मा सबैको राम्रो प्रतिक्रिया पाइरहेका छौँ : महाप्रबन्धक दीपेन्द्र 

‘रिलायबल समृद्धि योजना’ मा सबैको राम्रो प्रतिक्रिया पाइरहेका छौँ : महाप्रबन्धक दीपेन्द्र 


काठमाडौं – रिलायबल क्यापिटल इन्भेष्टमेण्ट एण्ड मर्चेन्टले वैशाख ३ गतेदेखि निष्कासन गरिरहेको ‘रिलाबयल समृद्धि योजना’ मा सबै पक्षबाट राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको सहायक महाप्रबन्धक दीपेन्द्र कडारियाले बताएका छन् । ‘ यो योजनामा सबै पक्षले राम्रो सुरूवात गरिएको भनेर सान्त्वना समेत दिएका छन् ।’ कडारियाले भने ।

रिलायबल क्यापिटल इन्भेष्टमेण्ट एण्ड मर्चेन्टले वैशाख ३ गतेदेखि निष्कासन गरिरहेको ‘रिलाबयल समृद्धि योजना’ मा वैशाख ९ गते आवेदन दिने अन्तिम दिन रहेको  थियो । कम्पनीले आवेदन बन्द छिटोमा वैशाख ७ गते गर्ने जनाएकोमा पर्याप्त आवेदन नपरेपछि वैशाख १७ गतेसम्म म्याद थपेको थियो । तर, सो अगावै पर्याप्त आवेदन परेपछि निष्कासन बन्द गरेको हो ।  

बीमा क्षेत्रमा नै पहिलो र नयाँ अभ्यास गरेको यो योजनामा नियामक, अन्य बीमा कम्पनी र सबै लगानीकर्ताहरूले पनि उत्साह र हौसला दिएको कडारियाले बैंकिङ्ग समाचारसँगको कुराकानीमा बताए । यो योजनामा परेको आवेदन र यसको सबै डेटा भने खुलाइएको छैन। यसमा कार्यविधि अनुसार काम गर्ने तयारी भैरहेको उनले जानकारी दिए । 

के हो ‘रिलायबल समृद्धि योजना’?

रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले नयाँ सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई सार्वजनिक गरेको हो । यो फण्ड १० वर्षे बन्दमुखी योजना हो र यसअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीमा आएका छन् भने योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ।

फण्डमा रहेको १० करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटलका लागि सुरक्षित गरेर बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो।  यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रवर्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ४ प्लस रेटिङ्ग दिएको छ। यस सामूहिक लगानी कोषमार्फत बीमा क्षेत्रमा सबैलाई लगानीको अवसर जुटाउने प्रयास  गरिएको हो । यसको अर्थ बीमा क्षेत्रमा सामूहिक लगानी कोष खडा गरेर सर्वसाधारणलाई जोड्ने प्रयास गरिएको हो । बीमा क्षेत्र पनि म्युचुअल फन्डमा जानुपर्छ भन्ने हिसाबले यो पहिलो प्रयास हो ।