एन्टी मनी लाउण्डरिङमा निजी क्षेत्रको सहभागिता अत्यन्त महत्त्वपूर्ण: निर्देशक सुजि 

एन्टी मनी लाउण्डरिङमा निजी क्षेत्रको सहभागिता अत्यन्त महत्त्वपूर्ण: निर्देशक सुजि 


काठमाडौं – एशियन प्यासिफिक ग्रुप अन मनि लाउन्डिङ एपीजिकि निर्देशक सुजि ह्वाइटले एन्टी मनि लाउण्डरिङमा निजी क्षेत्रको सहभागिता अत्यन्तै महत्त्वपूर्ण हुने बताएकी छिन् । फिन्टेलेक्ट एन्टिमनि एएमएल लिडर्सिप कन्केभ २०२५ लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले रणनीतिक सम्पत्ति शुद्धीकरणको लागि लागि दीर्घकालीन राजनीतिक समर्थन अत्यन्त आवश्यक रहेको बताएकी हुन् ।

उनले राजनीतिक तथा सम्बन्धित निकायका व्यक्तिहरूले   निगरानी गर्नुका साथै सुधार कार्यान्वयनमा आउने विभिन्न किसिमका अवरोध हटाउन सहयोग गर्नुपर्ने बताएकी हुन् ।  उनले एन्टी मनि लाउण्डरिङमा कानून कार्यान्वयन गर्ने निकाय र नियामक निकायले जिम्मेवारी राम्रोसँग पुरा गर्नुपर्ने बताइन । उनले फेब्रुअरी २०२५ मा नेपालले आफ्नो एएमएलरसीएफटी प्रणालीको प्रभावकारिता सुदृढ गर्न (फाइनान्सियल एक्सन टार्क्स फोर्स) र एशियन प्यासिफिक ग्रुप अन मनि लाउण्डरिङ एपीजिसँग सहकार्य गर्ने उच्च-स्तरीय राजनीतिक प्रतिबद्धता जनाएको समेत बताइन ।

अगस्ट २०२३ मा म्युटुअल इभालुएसन रिपोर्टले दिएको विभिन्न सुझावलाई अपनाएपछि नेपालले केही क्षेत्रमा सुधार समेत गरेको उनको भनाइ थियो । नेपालले (फाइनान्सियल एक्सन टार्क्स फोर्स) एफएटीएफसँग सहकार्य गरेर वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, सुनचाँदी तथा बहुमूल्य धातु र रियल इस्टेट क्षेत्रको जोखिमको अनुगमनमा सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपुर्‍याई, अवैध पैसा पठाउने प्रणाली हुन्डी प्रदायकहरू पहिचान गर्ने र कारबाही गर्न सुझाउने लगायतका विषयमा कार्य योजना प्रस्तुत गर्ने समेत उनले बताइन ।