महालक्ष्मी विकास बैंकले  १०.४७ प्रतिशत लाभांश वितरण गर्ने 

महालक्ष्मी विकास बैंकले  १०.४७ प्रतिशत लाभांश वितरण गर्ने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्ष कुल १० दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ६ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ४  अर्ब १ करोड ८ लाख ८३ हजार रहेको छ । सोही पूँजीको आधारमा ४१ करोड ९९ लाख ३९ हजार बराबरको लाभांश वितरणको तयारी कम्पनीले गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।