नियामक निकायहरूले फ्रेमवर्कमा सुधार गर्दै जाँदा एएमएलको विस्तार हुँदै गएको छ : अपरेटिङ अफिसर बेडेकार 

नियामक निकायहरूले फ्रेमवर्कमा सुधार गर्दै जाँदा एएमएलको विस्तार हुँदै गएको छ : अपरेटिङ अफिसर बेडेकार 


काठमाडौं – फिन्टेलेक्टकि चिफ अपरेटिङ अफिसर अर्पिता बेडेकारले  नियामक निकायहरू फ्रेमवर्क सुधार्दै जाँदा एन्टी मनि लाउण्डरिङ (एएमएल) को विस्तार हुँदै गएको बताएकी छिन्। फिन्टेलेक्ट एन्टी मनी लाउण्डरिङ (एएमएल) लिडर्सिप कन्केभ २०२५ को पाँचौ सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। 

उनले नियमहरू लगातार परिवर्तन भइरहेको भन्दै नियामक निकायहरूले आफ्ना देशमा फ्रेमवर्क सुधार्दै लैजाँदा एएमएलको  क्षेत्र विस्तार हुँदै गएको बताएकी हुन्। उनले एएमएल नियामक निकायहरूको महत्त्वपूर्ण  भूमिका रहने बताइन। 

उनले पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै जाँदा डिजिटल खाताहरू पनि सञ्चालनमा आएको बताएकी हुन्। उनले कारोबार गर्दा कारोबारको पहिचान गर्न र कुनै शंकास्पद कारोबार भइरहेको छ कि छैन भन्ने बुझ्नको लागि विश्लेषण गर्न आवश्यक रहेको पनि बताएकी छिन्।