काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी रकमको गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो ।
यससँगै सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया