अबौं डलर डुबाएको क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी एफटीएक्सका संस्थापकले पक्राउ पर्नुअघि के भनेका थिए ?  

अबौं डलर डुबाएको क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी एफटीएक्सका संस्थापकले पक्राउ पर्नुअघि के भनेका थिए ?  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

टाट पल्टिएको क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी एफटीएक्सका संस्थापक स्याम ब्याङ्कम्यान फ्रिड बहामसमा पक्राउ परेको उक्त देशका महान्यायाधिवक्ताले बताएका छन्।

उनलाई मङ्गलवार उक्त क्यारेबिएन देशको राजधानी नासोउको मजिस्ट्रेट अदालतमा उपस्थित गराइने बताइएको छ।

प्रहरीले ३० वर्षीय उनलाई अमेरिका र बहामसका कानुनविरुद्ध वित्तिय अपराध गरेको आरोपमा पक्राउ गरिएको बताएको छ।

गत महिना एफटीएक्सले अमेरिकामा उक्त कम्पनी डुबेको र त्यसका कारण उसका अधिकांश प्रयोगकर्ताहरूले पाउनु पर्ने रकम नपाउने अवस्था बनेको र त्यसबाट आफू बाहिर निस्कन चाहेको भन्दै सम्बन्धित निकायमा जानकारी गराएको थियो। गत महिना अदालतमा दर्ता गरिएको विवरण अनुसार एफटीएक्सले आफ्ना ५० ठूला ऋणदाताहरूलाई करिब ३.१ अर्ब डलर तिर्न बाँकी छ।

आरोप

ब्याङ्कम्यान फ्रिडविरुद्धको सबैभन्दा गम्भीर आरोपमध्ये एक उनले ग्राहक कोषको अबौं डलर रकम आफ्नो एउटा व्यापारिक कम्पनीमा खर्च गरे भन्ने रहेको छ।

उक्त एक्सचेन्जको कोषमा रकम भएका व्यक्तिहरूले कम्पनी खारेजीको प्रक्रियाको अन्त्यसम्ममा कति रकम फिर्ता पाउनेछन् भन्ने यकिन छैन।

यद्यपि धेरै विज्ञहरूले उनीहरूले जम्मा गरेको सानो अंश मात्र पाउन सक्ने चेतावनी दिएका छन्।

एफटीएक्स एक्सचेन्जले ग्राहकहरूलाई बिटकोइन जस्ता क्रिप्टोकरेन्सीहरूलाई सामान्य नगदमा व्यापार गर्न अनुमति दिएको थियो।

क्रिप्टोकरेन्सी परम्परागत मुद्रा होइनन् तर त्यस्ता मुद्रालाई अनलाइनमा भण्डारण गरिन्छ र अधिकांश रूपमा त्यसलाई लगानीका रूपमा प्रयोग गरिन्छ।

तर यसमा प्राय उच्चस्तरको अस्थिरताका हुने गर्छ।

अज्ञात रूपमा हुने कारोबारका कारण त्यस्ता मुद्राको माग लागूपदार्थको कारोबार र साइबर हमला गरेर फिरौती माग्नेहरूले धेरै गर्ने ठानिन्छ।

तर त्यस्ता मुद्राका समर्थकहरूले यसको ठूलो सम्भावना रहेको र सरकारी नियन्त्रण बाहिर स्वतन्त्र रूपमा यसलाई चलाउन सकिने बताउँछन्।

स्यामको उदय
स्याम ब्याङ्कम्यान फ्रिडलाई एक ताका अमेरिकी लगानीकर्ता वारेन बफेटको युवा संस्करणका रूपमा हेर्ने गरिन्थ्यो।

गत अक्टोबरको अन्त्यमा मात्र पनि उनको १५ अर्ब डलरभन्दा बढीको कुल सम्पत्ति रहेको अनुमान गरिएको थियो।

उनी वाशिङ्टन डीसीमा एकजना राजनीतिक दाताको रूपमा चिनिएका थिए र प्रायः डेमोक्र्याटिक राजनीतिज्ञ वा समूहहरूलाई सहयोग गर्थे।

“स्याम ब्याङ्कम्यान फ्रिडलाई ‘हाम्रो राष्ट्रको सुपुर्दगी ऐन अनुसार’ हिरासतमा राखिनेछ,” बहामसका महान्यायाधिवक्ताले एउटा विज्ञप्तिमा भनेका छन्।

एसडीएनवाई न्युयोर्कको दक्षिणी जिल्लो द्वारा दायर गरिएको मुद्दामा लगाइएको अभियोगको आधारमा आज साँझ बहामियन अधिकारीहरूले अमेरिकी सरकारको अनुरोधमा स्यामुएल ब्याङ्म्यान फ्रिडलाई गिरफ्तार गरेको छ,“ म्यानहाटनस्थित अमेरिकी न्यायाधिवक्ताको कार्यालयले ट्विटरमा भनेको छ।

तर त्यसबारे विस्तृतमा थप कुराहरू आउन बाँकी रहेको जनाएको छ।
 
अमेरिकी धितोपत्र नियामकले के भन्यो ?

पक्राउ हुनु केही दिन अघि बीबीसी संवाददातासँग कुरा गर्दै ब्याङ्कम्यान फ्रिड

वालस्ट्रिटको नियामकले पनि उनीविरुद्ध कारबाहीका लागि कदमहरू चाल्ने बताएको छ।

हामी सङ्घीय अपराधको आरोपमा बहमासमा स्याम ब्याकम्यान फ्रिडको गिरफ्तारी गराउने काम गरेकोमा हाम्रा कानुनी साझेदारहरूको प्रशंसा गर्छौ  अमेरिकी सेक्युरिटिज् एन्ड एक्सचेन्ज कमिशन (एसईसीका) अधिकारी गुरवीर ग्रेवालले एउटा वक्तव्यमा भनेका छन्।

उनले ब्याकम्यान फ्रिडविरुद्ध धितोपत्र कानुन उल्लङ्घनसँग सम्बन्धित छुट्टै आरोपपत्र पनि दायर हुने जानकारी दिएका छन्।

ब्याङ्कम्यान फ्रिडले मङ्गलवार अमेरिकी कङ्ग्रेसमा एफटीएक्स डुब्नुको कारणबारे बयान दिनुपर्ने थियो। यद्यपि उनी अब बयान दिन असमर्थ हुनेछन्।

ब्याङ्कम्यान फ्रिडका वकिलले टिप्पणीका लागि बीबीसीले गरेको आग्रहको अहिलेसम्म जवाफ दिएका छैनन्।

पक्राउअघि उनले बीबीसीसँग के भनेका थिए ?

ब्याकम्यान फ्रिडले आफू पक्राउ केही दिनअघि बहमासमा बीबीसीसँग कुराकानी गरेका थिए।

त्यसक्रममा उनले पीडितहरूको रकम फिर्ता गर्नका लागि पर्याप्त पैसा कमाउन आफूले नयाँ व्यापार सुरु गर्ने आशा गरेको बताएका थिए।

तीस वर्षका उनले कैयौँ सङ्घीय अनुसन्धानहरूको सामना गरिरहेका बहमासस्थित एउटा विलासी भवनमा कुराकानी गर्दै “आफूले सोचेजस्तो आफू सक्षम नभएको” स्वीकारेका थिए।

उनले बीबीसीसँगको कुराकानीमा आफ्नो कम्पनीमा गल्ती भएको स्वीकारे पनि आफूहरू अवैध गतिविधिमा सामेल भएको आरोपबाट आफूलाई अलग राखेका थिए। उनले बीबीसीलाई भनेका थिए, मैले जानाजान ठगी गरेको होइन, मलाई लाग्दैन कि मैले ठगी गरेको छु, म यो कुनै पनि होस् भन्ने चाहन्न। म पक्कै पनि आफूले सोचेको जति सक्षम थिइनँ।

एफटीएक्सको पतन क्रिप्टोकरेन्सी उद्योगको लागि एउटा अशान्त वर्षका बेलामा भएको छ।

यस वर्ष बिटकोइनले आफ्नो मूल्यको ६० प्रतिशतभन्दा बढी गुमाइसकेको छ र अन्य क्रिप्टोकरन्सीको पनि अवमूल्यन भएको छ।

एफटीएक्सको स्थापना  
एफटीएक्स क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्स डटकमको सञ्चालक हो।  

उक्त कम्पनी सन् २०१९ मा पूर्व वालस्ट्रिटमा शेअर कारोबार गर्ने ब्याङ्कम्यान फ्रिड र गुगलका पूर्व कर्मचारी ग्यारी वाङ मिलेर उक्त कम्पनी सुरु गरेका थिए।

 यो विश्वको दोस्रो ठूलो क्रिप्टो एक्सचेन्ज कम्पनी बनेर दैनिक करिब १० अर्ब डलर बराबरको क्रिप्टोकरेन्सीको व्यापार समेत गर्न थालेको थियो। 

तर गत नोभेम्बर ११ मा एफटीएक्सले आफू टाट पल्टिएको जानकारी दिँदै त्यसको सुरक्षण खोजेको थियो।  

त्यसबेला एफटीएक्सबाट तीन दिनमा प्रयोगकर्ताहरूले ६ अर्ब डलर बराबरको रकम झिकेका थिए।  

त्यस्तै उसको प्रतिस्पर्धी एक्सचेन्ज बिनान्सले उसलाई उद्धार गर्ने समझदारीबाट हात झिकेको थियो।  

त्यसैबेला ब्याङ्कम्यान फ्रिडले एफटीएक्सको प्रमुख कार्यकारीको पदबाट राजीनामा दिएका थिए।
वीवीसी बाट