एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

एभरेष्ट बैंकको लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न भएको २८ औं वार्षिक साधारणसभाले २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

बैंकको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।