स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३६औं वर्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा आइतवार सम्पन्न भएको हो । सभाले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ  ।

त्यसैगरी सभाले आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर ७ गते शेयरधनीदर्ता पुस्तिका बन्द गरेको थियो । यस आधारमा मङ्सिर ६ गतेसम्म कायम कम्पनीका शेयरधनीले लाभांश पाउँदै छन् । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६ प्रतिशत नगद लाभांश  वितरण गरेको थियो ।