ठगी मुद्दाका फरार विक २४ वर्षपछि पक्राउ

ठगी मुद्दाका फरार विक २४ वर्षपछि पक्राउ


काठमाडौं – ठगी मुद्दाका फरार प्रतिवादी झापाको हल्दिबारी गाउँपालिका–१ बस्ने ६१ वर्षीय नर बहादुर विकलाई मंगलबार बेलुकी प्रहरीले २४ वर्ष पछि पक्राउ गरेको छ ।

ठगी मुद्दामा जिल्ला अदालत झापाको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार १ वर्ष कैद र ५३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा जरिवाना फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।