काठमाडौं – सरकारले अझै पनि नयाँ गभर्नर नियुक्ती गर्न सकेको छैन । सत्ताधारी राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच कुरा नमिल्दा गभर्नर नियुक्ती हुन नसकेको हो । निवर्तमान गभर्नर महाप्रसाद अधिकारी २०८१ चैत २४ गते नै बिदा भइसकेका छन् ।
तर, तत्कालिन गभर्नर अधिकारीको पदावधि सकिएको दुई साता वित्न लाग्दा समेत नयाँ गभर्नर नियुक्ती गर्न नसकेको हो । यसअघि १७ औं गभर्नर नियुक्त गर्दासम्म यसप्रकारको अनिश्चितताको भूमरी देख्न परेको थिएन । तर, यतिबेला सरकारको ध्यान आर्थिक क्षेत्रको विकासका लागिभन्दा पनि भागबन्डा र आर्थिक चलखेलमा केन्द्रीत हुँदा यस्तो समस्या उत्पन्न भएको हो ।
नेपालभर चल्ने नोटमा हस्ताक्षर गर्न पाउने क्षेत्राधिकार भएकाले यो पदलाई महत्वपूर्ण मानिन्छ । यसबाहेक, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाकोतर्फबाट सबैजसो क्षेत्रलाई नियन्त्रण गर्ने र यसको लाभहानिको हिसाबकिताब समेत राख्न पाउने भएकाले थप महत्वपूर्ण मानिन्छ ।
सरकारले अवलम्बन गरेको वित्त नीतिलाई मौद्रिक नीतिमार्फत सहजीकरण गर्ने, निर्वाचनका समयमा सरकारलाई अघोषित तवरबाट सघाउने लगायतका काम केन्द्रीय बैंकले गर्छ । यस्तै, अर्बौ रुपैयाँ नाफा आर्जन तथा अर्बौ चुक्ता पूँजी भएका वाणिज्य तथा विकास बैंकको प्रत्यक्ष निगरानी र नियमण गर्ने भएकाले पनि यस पदलाई महत्वपूर्ण मानिन्छ ।
अहिलेसम्म क–कसले हस्ताक्षर गरे नेपालको नोटमा ?
हिमालय शमशेर राणा (पहिलो गभर्नर)
लक्ष्मी नाथ गौतम २०१४–२०१९
भोज बहादुर शाह २०१९–२०२४
प्रद्युम्न प्रसाद वैद्य २०२४–२०२९
भेष बहादुर थापा २०२९–२०३४
कुल शेखर शर्मा २०३४–२०४१
गणेश बहादुर थापा २०४१–२०४५
हरि शंकर त्रिपाठी २०४५–२०५१
सत्येन्द्र प्यारा श्रेष्ठ २०५१–२०५६
डा. तिलक रावल २०५६–२०६१
दिपेन्द्र बहादुर क्षेत्री २०६१–२०६५
विजय नाथ भट्टराई २०६५–२०६६
डा. युवराज खतिवडा २०६६–२०७१
डा. चिरञ्जीवी नेपाल २०७१–२०७६
महाप्रसाद अधिकारी २०७६–२०८१
प्रतिक्रिया