काठमाडौं – राजस्व अनुसन्धान विभागले टोखाबाट झोर तर्फ जाँदै गरेको ट्रकको खानतलासी गर्दा भेटिएको विदेशी मुद्रा सम्बन्धी अनुसन्धान सम्पन्न गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले २५ करोड रुपैयाँ विदेशी मुद्रा अपचलन सम्बन्धी अनुसन्धान सम्पन्न गरी जिल्ला अदालतमा मुद्दा दायर गरेका हो । गत चैत ४ गते टोखाबाट झोर तर्फ जाँदै गरेको ट्रकको खानतलासी गर्दा २५ करोड रुपैयाँ चालक बास्ने स्थान माथि क्याबिनमा फल्स बटम बनाई लैजाँदै गरिएको भेटिएको थियो । उक्त ट्रक कुसाङ लामाले चलाएका थिए ।
कुसाङ लामा र नारायण पौडेल विरुद्ध विदेशी विनिमय नियमित गर्ने, ऐन, २०१९ को ऐनको दफा १७ को उपदफा (१) बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ को उपदफा(९) बमोजिम थप सजाय हुन विभागले जनाएको छ । प्रतिवादी लामालाई सुन चोरी पैठारी मुद्दामा सजाय हुने भएको छ ।
प्रतिक्रिया