‘माग पुरा नभए चरणबद्ध आन्दोलन गछौ’: नेपाल अटोमोवाइल एसोसिएसन्  

‘माग पुरा नभए चरणबद्ध आन्दोलन गछौ’: नेपाल अटोमोवाइल एसोसिएसन्  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी, काठमाडौं ।
बैंकहरुले मनपरि व्याजदर बढाएको भन्दै अटोमोवाइल व्यवसायीले काठमाडौंको माइतीघरमा बिरोध गरेका छन् । अटोमोवाइल एसोसियसन् अफ नेपाल(नाडा) को नेतृत्वमा माइतीघरमा आन्दोलन गरेका हुन् । 

हातमा कालोपट्टी लगाएर राष्ट्र बैंक र सरकारको विरोध गरेका हुन् । राष्ट्र बैंकले एलसी खोलेपनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशत मात्रै फाइनान्सिङ्ग गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको भन्दै नगद मार्जिनलाई बंैशाख १४ अघिकै अवस्थामा ल्याउनु पर्ने माग व्यवसायीहरुको छ । जसमा बैंशाख १४ भन्दा अघि ८० प्रतिशत फाइनान्सिङ्ग गर्न बनाउनुपर्ने व्यवसायीहरुको जोड छ । साथै, सरकारले गाडी आयात खोल्ने निर्णय गरेपनि हाल बैंकको व्याजदरको कारण कसैले गाडी खरिद गर्न नसक्ने बताए । 

त्यस्तै, अटोमोवाइल एसोसिएसन् का अध्यक्ष धुब्र थापाले ब्याजदर उच्च रहेको र ५० प्रतिशत मात्रै फाइनान्सिङ्ग हुने अवस्थामा गाडी विक्री नै नहुने बताए 
सरकारले आयात गर्न दिने निर्णय भएपनि प्रतिबन्ध गर्नुभन्दा पहिला लागु गरिएको सबै व्यवस्था हटाउनुपर्ने पनि बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा क्रिर्तिपुर उद्योग वाणिज्य संघको अध्यक्ष राज्यलक्ष्मी शाक्यले ‘ राष्ट्र बैंक, अर्थमन्त्रालय र सरकारले हाम्रो आवाज जब सम्म सुनुवाइ हुदैन, तब सम्म विरोधका कार्यक्रम र आन्दोलनका कार्यक्रम जारी हुन्छ । उनले बैंकिङ्ग समाचारलाई भने । 

विरोध कार्यक्रममा सिप्रदी टे«डिङ्गका प्रमुख कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठ, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ, हिरोका अभिक ज्योति, जगदम्बा मोटर्सका दीपक अग्रवाल, फोर्डका आकार गोल्छा, र नाडा अध्यक्ष ध्रुब थापा लगायतका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
‘देशमा सरकार छ त ?, जसले कर तिर्छ,उसैलाई पेल्छ, ब्याजदर नियन्त्रण गर’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर आन्दोलन गरेका थिए ।