काठमाडौं – सामाजिक सञ्जालमा एआइको प्रयोग गर्नेहरू अत्यधिक रूपमा बढे सँगसँगै दूरप्रयोग गरी आपराधिक कार्य गर्नेहरूको संख्या पनि तीव्र रूपले बढी रहेको साइबर ब्युरोले जनाएको छ ।
एआएको प्रयोग गरी अरूको चरित्र हत्या गर्ने , अश्लील तथा आपत्तिजनक सामग्री सिर्जना गरी सार्वजनिक रूपमा प्रदर्शन गर्ने , गलत शब्द चयन गरी सङ्गीत गर्ने जस्ता गतिविधि बढ्दै गई रहेको ब्युरोले जनाएको छ ।

यस प्रकारको गतिविधिले व्यक्तिको सामाजिक प्रतिष्ठामा मात्र नभएर साइबर कानुन अनुसार अपराध समेत हुने भएकोले यस्ता प्रविधिको दुरुपयोग नगर्ने ब्युरोले अनुरोध गरेको छ ।
प्रतिक्रिया