काठमाडौं – नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएश (नाइमा)ले ‘नेपाल मोबीलीटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नाइमाले बुधबार काठमाडौंमा आयोजित नाइमाको औपचारिक घोषणा कार्यक्रममा नै एक्स्पोको मिति र स्थान सार्वजनिक गरेको हो ।
नाइमाकाअनुसार उक्त एक्स्पो साउन २१ देखि २५ गतेसम्म भृकुटिमण्डपमा हुने भएको छ । नाइमाले नेपाल मोबिलिटी एक्सपोको औपचारिक घोषणा गर्दै नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनी बनाउने लक्ष्य लिएको जनाएको छ । नेपाल मोबिलिटी एक्सपोले अत्याधुनिक मोबिलिटी समाधानहरू र नेपालको बदलिंदो मोबिलिटी संस्कृतिलाई समेट्ने बताइएको छ ।
प्रतिक्रिया