काठमाडौं- नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएश (नाइमा) औपचारिक रुपमा घोषणा भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नाइमाको घोषणा भएको हो ।
कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमाले वातावरणमैत्री अभ्यास, सडक सुरक्षा तथा पूर्वाधार सुधारको पक्षमा ध्यान दिने बताएकी हुन् । उनले सरकारसँग सहकार्य गर्दै नाइमाले लिएका विभिन्न लक्ष्य पूरा गर्ने बताएकी हुन् ।
‘नाइमाले मोबिलिटीमार्फत विकास सशक्त बनाउने लक्ष्य राखेको छ । नाइमा दिगो उद्योग र सरोकारवालाहरूको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने छ’ उनले भनिन् । अध्यक्ष वैद्यले अर्थतन्त्रमा देखिएको समस्या अटोमोबाइल्समा पनि देखिएको बताउँदै यस्ता समस्या समाधानका लागि पनि सरकारसँग सहकार्य गर्न आवश्यक रहेको बताएकी हुन् ।
प्रतिक्रिया