एक आपसमा मर्जरको तयारीमा रहेका प्रभु बैंक र सेञ्चुरी कमर्सिलयले बोलाए साधारण सभा, पुष ४ गते बुक क्लोज

एक आपसमा मर्जरको तयारीमा रहेका प्रभु बैंक र सेञ्चुरी कमर्सिलयले बोलाए साधारण सभा, पुष ४ गते बुक क्लोज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकले एक्विजिशन तथा लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेका छन्। यी दुबै बैंकहरुले पुस १४ गते, बिहीबार साधारण सभा डाकेको हुन्।

सेञ्चुरी बैंकको बाह्रौँ वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ भने प्रभु बैंकको एक्काइसौँ वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ।

यी सभाहरुले प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ बराबर १ अनुपात अर्थात सेञ्चुरी बैंकको १०० कित्ता बराबर प्रभु बैंकको १०० कित्ता शेयर अनुपातमा एक्वायर गर्ने, एक्विजिशन प्रयोजनार्थ भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने,लगायतका विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सेञ्चुरी बैंकको साधारण सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यसैगरी, प्रभु बैंकको सभाले हाल कायम चुक्ता पूँजीबाट ६.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित गरी १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सेञ्चुरी बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ४ गते बुकक्लोज गर्ने भएको छ भने प्रभु बैंकले पुस १ गते बुकक्लोज गर्दैछ। यस अनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेञ्चुरी बैंकका शेयरधनी तथा मंसिर २९ गतेसम्म कायम प्रभु बैंकका शेयरधनीहरुले यी बैंकका साधारण सभामा सहभागिता जनाउन तथा बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।