विश्वकपको सिजनमा पनि भएन टिभिको ब्यापार !

विश्वकपको सिजनमा पनि भएन टिभिको ब्यापार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी, काठमाडौं ।
विश्वकप फुटबललाई संसारभर टेलिभिजन सेटको ब्यापारको सिजन पनि मानिन्छ । कतार विश्वकप २०२२ को सिजनमा विश्वभरी करिब ८४ खर्ब भन्दा बढी टेलिभिजन सेटको ब्यापार हुने पूर्वानुमान एस एण्ड पी ग्लोबल मार्केट इण्ट्लिजेन्स ले गरेको छ । नेपालमा पनि ५० प्रतिशतले टेलिभिजन सेटको व्यापार बढ्ने अनुमान व्यवसायीहरुको थियो ।  विश्वकपमा नेपालीहरुको आकर्षण बढ्ने र टिभी सेटको व्यापारमा पनि केही परिवर्तन हुने पूर्वानुमान व्यवसायीहरुको थियो । 

नेपालमा सीजी, एलजी, सामसङ्ग, सोनी, टीसीएल, यासुदा, स्काईवर्थ लगायत थुप्रै महँगो र सस्ता दुवै थरीका ब्राण्डको उपस्थिति छ । सामान्य अवस्थामा नेपाल को बजारमा  २६ इन्च, ३२ इन्च र ४३ इन्चका टेलिभिजनको बिक्री बढी हुने गरेकोमा  यस पटक भने ५० इन्चका फोरके टेलिभिजन सेटको ब्यापार बढ्ने अपेक्षा गरिएको थियो । 

कतार विश्वकप २०२२ को यो सिजनको पिक आवर अर्थात नक आउट चरण सुरु भैसक्दा पनि नेपाली बजारमा टेलीभिजनको व्यापारमा विश्वकपले खासै प्रभाव नपारेको टेलिभिजन व्यवसायीहरु बताउँछन् । 
ललितपुरको कुमारीपाटीमा टेलिभिजन पसल सञ्चालन गर्दै आएका दिपक कुमार झा भन्छन्, ‘विश्वकप सञ्चालन भईरहदा जुन तरिकाले हामीले सोचेका थियाँै, त्यो तरिकाले ब्यापार भएको छैन, पहिलाको विश्वकपमा हामीले सोचेभन्दा पनि बढी टेलिभिजनको व्यापार भएको थियो तर हालको विश्वकपले हामी व्यवसायीलाई उत्साह भने दिन सकेको छैन ।’ 

त्यस्तै, अर्का व्यवसायी प्रतिकरत्न डंगोलको दुखेसो पनि झा कै जस्तोे छ । उनले बैंकिङ्ग समाचारलाई भने, ‘टेलिभिजनको ब्यापार विगतमा भएको जस्तो अहिले भएको छैन । पहिला जस्तो त्यति धेरै माग बजारमा पनि छैन, जसको कारण भन्सार बाट कर छलेर ल्याएको टेलिभिजनले पनि हुन सक्छ । किनभने हामीले कर तिरेर ल्याएको सामान अवस्य पनि महँगो हुने भएकोले पनि हुनसक्छ । तर पनि समग्रमा भन्नु पर्दा अघिल्लो विश्वकपको तुलनामा यस पटकको विश्वकपले म लगायत टेलिभिजन बिक्रेताहरु खुसी भने छैनौ ।’  

२०१८ को विश्वकप अघिसम्म एलसीडी टेलिभिजन चलिरहेको थियो र यो पटक फोर के ट्रेन्ड को अनुमान गरिएको थियो । अर्थतन्त्रमा देखिएको शिथिलता, आयात प्रतिबन्ध को प्रभाव कतार विश्वकप २०२२ को टेलिभिजन ब्यापारको सिजनमा समेत देखिएको छ । व्यवसायीहरुले  अनुमान गरे भन्दा न्यून भएको उनीहरुको खुनासो छ । असनका टेलिभिजन व्यवसायी अर्जुन गिरी पनि भनेजस्तो ब्यापार नभएर दिक्क छन । उनी भन्छन्, ‘जुन हिसाबले रसियामा भएको विश्वकपमा टेलिभिजन सेट बजारमा गएको थियो त्यो हिसाबले टेलिभिजन सेटहरु अहिले बिक्रि भएको छैन । गएको विश्वकपमा १५÷२० भन्दा पनि बढि गएको थियो तर यो विश्वकपमा दिनको २÷४ वटा मात्रै गएको छ ।’ नेपालमा बार्षिक २ लाख  टेलिभिजन सेट  भित्रिने गरेका छन । अनएलसम्बल्ड र एलेसम्बल्ड गरी करिब वार्षिक ५८ करोडको  टेलिभिजन सेट नेपालमा भित्रिने भन्सार विभागको तथ्यांकले देखाउँछ ।

हेर्नुहोस् भिडियो