‘बजारमा बीमाको लाभ मृत्युपछि मात्रै पाइन्छ भन्ने मान्यता छ, यसलाई चिर्नुपर्छ’

‘बजारमा बीमाको लाभ मृत्युपछि मात्रै पाइन्छ भन्ने मान्यता छ, यसलाई चिर्नुपर्छ’

‘नेपाल लाइफमा सक्रिय मुक्तिनाथ काप्री, ६ पटक एमडीआरटी टिओटीसम्मको टार्गेट पुरा गर्ने लक्ष्य’

नमुना के. सी.
2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अब्बल र उत्कृष्ट कम्पनीमा प्रमुख कार्यकारी अधिकृतदेखि समग्र कर्मचारीको भूमिका उत्तिकै हुन्छ । कम्पनीका प्रमुख कार्यकारीदेखि ‘इन्स्योरेन्स ब्रोकर’सम्मकै भूमिका महत्त्वपूर्ण छ । यस्तै, महत्त्वपूर्ण योगदान गर्नेहरूमध्ये नेपाल लाइफका सिनियर एजेन्सी म्यानेजर मुक्तिनाथ काप्री समेत हुन् । उनले सन् २०२६ का लागि तय गरिएको एमडीआरटीको लक्ष्य ५३ लाख ९६ हजार ७०० रुपैयाँको टार्गेट पुरा गरेर कम्पनीलाई नै चकित बनाइसकेका छन् । चितवनबाट जीवन बीमा व्यवसायमा नेपाल लाइफलाई सघाउँदै आइरहेका काप्री विगत १४ वर्षदेखि यस क्षेत्रमा सक्रिय छन्।

२०६८ सालमा बीमामा प्रवेश

धादिङ्ग जिल्ला ज्वालामुखी गाउँपालिका वडा नं ५ घर भएका उनी हाल चितवनमा बीमाको प्रचार गर्न व्यस्त छन् । उनको बीमा क्षेत्रको सुरुवाती यात्रा पनि रोचक छ । ‘स्याकर ट्रेडिङ’ कम्पनीको चितवन शाखामा म्यानेजरको भूमिकामा रहेका उनी २०६८ सालदेखि यो क्षेत्रमा सक्रिय छन् । उनी यो क्षेत्रमा लाग्नुमा भने फरक अनुभव रहेको काप्री सुनाउँछन् । बीमा कम्पनीहरूले टार्गेट पुरा गर्ने अभिकर्तालाई स्कुटर दिने व्यवस्था थियो । नेपाल लाइफबाट टार्गेट पुरा गरेका चितवन क्षेत्रका अभिकर्ता उनकै स्वरुममा स्कुटर लिन आउँथे ।

यसैक्रममा नेपाल लाइफबाट स्कुटर पाउन सफल लक्ष्मी कर्णेलले उनलाई बीमा क्षेत्रको विषयमा प्रस्ट बनाइन् । यससँगै काप्रीमा पनि बीमा अभिकर्ता भएर काम गर्न निकै रुचि भयो । लगत्तै मुक्तिनाथ काप्रीले अभिकर्ता बन्ने निर्णय गरेर नेपाल लाइफसँग जोडिए । उनले नेपाल लाइफ इन्स्योरेन्समा काम गरेपछि विभिन्न समस्याबाट आफू मुक्त भएको अनुभव गरेका छन् ।

‘जीवनमा कुनै कुराको अठोट राख्दा सफल भए पनि नभए पनि केही सिक्ने मौका भने पक्कै हुने छ,’ उनी भन्छन्, ‘सामाजिक रूपान्तरणमा जीवन बीमाको निकै ठुलो भूमिका रहन्छ ।’ बीमा क्षेत्रमा काम गरेर आफ्नो जीवनमा नाम दाम र सामाजिक रूपमा प्रतिष्ठा कमाएको उनको भनाइ छ ।

२०२१ देखि लगातार ६ पटक एमडीआरटी
काप्री विगत २०२१ देखि लगातार ६ पटक एमडीआरटी बन्न सफल भए । यस अवधिमा उनी २०२४ का लागि सीओटीसम्म बन्न सफल भए। बीमा क्षेत्रमा काम गर्दा आफुले सकेको रेकर्ड पनि बनाउनु पर्छ भन्ने लागेसँगै काप्रीले पुरानो कार्यालयका सबै सेवाग्राहीको फोन नम्बर राखेका उनले सबैलाई व्यक्तीगतरुपमा बीमा बुझाउने अठोट लिए ।

बीमाका अतिरिक्त विभिन्न संघ संस्थामा काम गरिरहेका काप्रीले प्रतिष्ठित व्यक्तिहरूलाई पनि बीमा गराएको दाबी गर्छन् । उनले आजको दिनसम्ममा ७०० भन्दा धेरैलाई बीमाको दायरामा जोडेको दाबी समेत गरे । सन् २०२६ का लागि सीओटी बन्न एक करोड ६१ लाख ९० हजार एक सय रुपैयाँ बीमा शुल्क संकलन गर्नुपर्छ । त्यस्तै टीओटीको लक्ष्य पुरा गर्न तीन करोड २३ लाख ८० हजार २०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्नेछ ।

निस्वार्थ काम गरेपछि हात खाली हुँदैन
अभिकर्ता भएर काम गर्दा सबै जनाले निस्वार्थ भावना राखेर काम गर्नुपर्ने उनको भनाई छ । ग्राहकलाई बीमाको विषयमा राम्रोसँग बुझाउन सकेमा अभिकर्ताहरू खालि हात फर्किनु नपर्ने उनी बताउँछन् । ‘सबै जनाले व्यवसाय ल्याउने मात्र मनसाय राखेर काम गर्दा ग्राहकहरूलाई गलत सन्देश पुग्न सक्छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा सबै जनाले निस्वार्थ भावना राखेर काम गर्नुपर्छ ।’

बीमालाई अघि बढाउनका लागि सबै क्षेत्रबाट मिहिनेत गर्नुपर्ने र एकजुट बनेमा दायरा बढाउन सकिने काप्री बताउँछन् । यस्तै, मिहिनेती  स्वभावका युवाहरूलाई पनि यो क्षेत्रमा राम्रो सम्भावना रहेको बताउँछन् । ‘सबै युवाहरूलाई यो क्षेत्र एकदमै राम्रो रहेको छ । नेपालमा अझै पनि धेरै जनसंख्या बीमाको दायरामा अटाएको छैन । यस्तो अवस्थामा युवाहरूले रोजगारीको लागि पनि बीमा क्षेत्र रोज्दा गलत हुँदैन्,’ उनले भने ।