प्रदेश १ मा कृषि क्षेत्रमा प्रवाहित कर्जा १७.८ प्रतिशत, मकै गहुँ बाली लगाउने भने घटे 

प्रदेश १ मा कृषि क्षेत्रमा प्रवाहित कर्जा १७.८ प्रतिशत, मकै गहुँ बाली लगाउने भने घटे 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधी प्रतिवेदनमा आर्थिक वर्ष २०७७÷७८ को तुलनामा आर्थिक वर्ष २०७८÷७९ मा प्रदेश नं. १ मा समग्र कृषि बालीको क्षेत्रफल ०.९ प्रतिशतले घटेर १० लाख ४१ हजार १ सय ८६ हेक्टर कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल १.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मकै, गहँु र कोदोको क्षेत्रफल घटेकाले समग्र कृषि बालीको क्षेत्रफल घटेको देखिन्छ । यस प्रदेशमा समग्र कृषि उपजको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीको क्षेत्रफलको हिस्सा ८७.६ प्रतिशत, तरकारी बालीको ५.४ प्रतिशत र अन्य बालीेको क्षेत्रफल ७.० प्रतिशत रहेको छ । 

कृषि उपजको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीको क्षेत्रफलको हिस्सा ७१.६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा धान बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले बढेको छ भने मकै बालीेको क्षेत्रफल २.२ प्रतिशत, गहुँ बालीेको क्षेत्रफल ७.५ प्रतिशत र कोदो बालीेको क्षेत्रफले ३.५ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन १.४ प्रतिशतले घटेको छ । विशेष गरी खाद्य बाली अन्तर्गतका धान, गँहु र आलुको उत्पादन घटेकाले प्रदेश नं. १ को समग्र कृषि बालीको उत्पादन घटेको देखिन्छ । 

समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.९ प्रतिशतले घटेको छ । खाद्य बाली अन्तर्गत धान उत्पादन ३.३ प्रतिशत र गहँु उत्पादन ९.६ प्रतिशतले घटेको छ भने मकैको उत्पादन १.६ प्रतिशते बढकोे छ । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा तरकारीे बाली उत्पादन ९.२ प्रतिशतले बढेको छ । 

अघिल्लो वर्ष यस्तो उत्पादन १.२ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३६.६ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३५.९ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा प्रदेश नं. १ मा कुल सिञ्चित क्षेत्रफल २.० प्रतिशतले बढेको छ । समीक्षा वर्षमा दूध उत्पादन ०.२ प्रतिशत, अण्डा उत्पादन ०.९ प्रतिशत, मासु उत्पादन १.३ प्रतिशत र माछा उत्पादन २२.१ प्रतिशतले बढेको छ । 
समीक्षा वर्षमा काठको उत्पादन १०.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा काठको उत्पादन ३९.२ प्रतिशतले बढेको थियो । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेश नं. १ को कृषि क्षेत्रमा प्रवाहित कर्जा १७.८ प्रतिशतले वृद्धि भई रु.५४ अर्ब ५२ करोड पुगेको छ । २०७९ असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १०.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।