प्रदेश १ मा निक्षेप परिचालन ३ खर्ब ६६ अर्ब पुग्यो

प्रदेश १ मा निक्षेप परिचालन ३ खर्ब ६६ अर्ब पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रदेश १ मा को बैंकहरुमा निक्षेप बढेको जनाएको छ । बैकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक गतिविधी विवरण अनुसार, गत आर्थिक बर्ष २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ५.८ प्रतिशतले वृद्धि भई.३ खर्ब ६६ अर्ब पुगेको छ । 

सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप मध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७७.२ प्रतिशत रहेको छ भने अन्य जिल्लाको २२.८ प्रतिशत रहेको छ । जिल्लागत निक्षेप संकलनको आधारमा मोरङ जिल्लाको योगदान सबैभन्दा बढी ३१.९ प्रतिशत र तेह्रथुम जिल्लाको सबैभन्दा कम १.३ प्रतिशत योगदान रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।