प्रदेश १ को जिल्लाहरुमा बैंक तथा वित्तिय संस्थाको संख्या बढ्यो

प्रदेश १ को जिल्लाहरुमा बैंक तथा वित्तिय संस्थाको संख्या बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रदेश नम्बर १ मा बैंक तथा वित्तिय संस्थाको संख्या बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ मा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तिय संस्था गरी १४४ शाखा विस्तार भएकोमा अघिल्लो आ.वमा १३४ शाखा विस्तार भएको थियो । त्यस्तै, २०७९ असार मसान्तमा प्रदेश १ मा वाणिज्य बैंकहरुको शाखा ७६३, विकास बैंकको १९४, वित्त कम्पनी ३२ तथा लघुवित्त वित्तिय संस्थाको संख्या ८६८ गरी जम्मा १ हजार ८ सय ५७ शाखा पुगेको छ । यी मध्ये मोरङ्ग जिल्लामा सबैभन्दा बढी अर्थात् ४५२ र सबैभन्दा कम ताप्लेजुङ्गमा ३८ शाखा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ । 
\"\"