अर्थमन्त्रीलाई भेटेसँगै प्रचण्डलाई भेट्न पुगे वाणिज्य महासंघका अध्यक्ष सहितका टोली

अर्थमन्त्रीलाई भेटेसँगै प्रचण्डलाई भेट्न पुगे वाणिज्य महासंघका अध्यक्ष सहितका टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले देशको आर्थिक अवस्थामा गम्भिर भएको बताएका छन् । सोमबार बिहान खुमलटास्थित निवासमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी सँगको कुराकानीमा उनले देशको अवस्था गम्भिर रहेको बताएका हुन् । उनले भने, ‘ देशको आर्थिक अवस्था निकै गम्भिर रहेको छ, हामी सबै मिलेर समाधान गर्नुपर्छ, हालको अर्थतन्त्रले मेरो ध्यान खिचेको छ । आउँने दिनमा तपाईहरुको पिर मर्का बुझेर मात्रै काम गर्नेछु’ । 

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारीले अर्थतन्त्रमा वहुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको राय प्रचण्डलाई गराएका थिए । साथै, गोल्छाले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा आएको भन्दै हालको मुल्यवृद्धि ७ बर्षकै उच्च रहेको बताए । 
त्यस्तै, महासंघले यस अघि नै अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर यी समस्याको समाधान खोज्न भनेका थिए ।