एन्टी मनी लाउण्डरिङमा प्रविधिको प्रयोग बढाउन निकै चुनौती छ : उपाध्यक्ष सनम

एन्टी मनी लाउण्डरिङमा प्रविधिको प्रयोग बढाउन निकै चुनौती छ : उपाध्यक्ष सनम


काठमाडौं – क्वान्टम डेटा इन्जिन्सका उपाध्यक्ष जोनाथन सनमले एन्टी मनी लाउण्डरिङमा प्रविधिको प्रयोग बढाउन निकै चुनौती रहेको बताए । फिन्टेलेक्ट एन्टी मनी लाउण्डरिङ (एएमएल) लिडर्सिप कन्केभ २०२५ लाई सम्बोधन गर्दै उनले विकासशील राष्ट्रहरूमा मनि लाउण्डरिङ गर्नु आफैंमा एक ठुलो चुनौती रहेको बताएका हुन् ।

उनले वित्तीय संस्थाहरूलाई एआई र मनी लाउण्डरिङ लागु गर्न अझै पनि चुनौती रहेको बताए । उनले बैंक वित्तीय संस्थाका उच्च व्यवस्थापकले जबसम्म एआई र मनी लाउण्डरिङको महत्त्वलाई बुझ्दैन तबसम्म फिल्डमा काम गरिरहेका टिमका लागि छुट्टाउने  बजेट र विभिन्न नियमहरू पनि चुनौतीपूर्ण बन्ने बताए ।

उनले कानुनी प्रणालीहरूले वित्तीय संस्थाहरूलाई उनीहरूको जिम्मेवारीअनुसार काम गर्न सहयोग नगरेका कारण पनि केहि समस्या सिर्जना भएको बताए ।