राष्ट्र बैंक र वाणिज्य बैंकको सिइओहरु बीच आज छलफल हुने 

राष्ट्र बैंक र वाणिज्य बैंकको सिइओहरु बीच आज छलफल हुने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई छलफलको लागि बोलाएको छ । केन्द्रिय बैंकले मंगलबार दिउसो ३ बजे सबै वाणिज्य बैंकहरुको प्रमुख अधिकृत (सिइओ)लाई छलफलमा बोलाएको हो ।
हाल सम्म के विषयमा राष्ट्र बैंकले छलफल बोलाएको हो प्रष्ट नभएपनि राष्ट्र बैंकले चालु पुँजी-कर्जा मागदर्शन तथा मौद्रिक नीतिको समिक्षाका केही व्यवस्थाबारे छलफल गर्न बोलाएको हुन सक्ने आकलन गरिएको छ । 

त्यस्तै आइतबार सार्वजनिक गरिएको मौद्रिक नीतिको पहिलो समिक्षामा राष्ट्र बैकले कार्यान्वयनमा रहेको चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझावका आधारमा सम्बोधन गरिने उल्लेख गरेको छ ।