वाणिज्य बैंकहरुको असोज सम्ममा कृषि ५ खर्ब भन्दा बढी लगानी, उर्जा र साना उद्योगमा कति लगानी ?

वाणिज्य बैंकहरुको असोज सम्ममा कृषि ५ खर्ब भन्दा बढी लगानी, उर्जा र साना उद्योगमा कति लगानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षा अन्तर्गत वाणिज्य बैंकहरुले २०७९ असोजसम्ममा कृषि क्षेत्रमा ५ खर्ब १९ अर्ब ५७ करोड, उर्जा क्षेत्रमा २ खर्ब ४५ अर्ब ९ करोड र लद्यु तथा घरेलु, साना एवम मझौला उद्यमका क्षेत्रमा १ करोड भन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जा समेत गरी ३ खर्ब ९८ अर्ब २१ करोड प्रवाह गरेका छछन् । 

त्यस्तै, विकास बैंकहरुले २०८० को असार मसान्तसम्ममा कुल कर्जा लगानीको १९ प्रतिशत कर्जा कृषि, लद्यु घरेलु तथा साना उद्यम, व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा  चालु आ.वको असोज मसान्तमा उक्त क्षेत्रहरुमा १ खर्ब १३ अर्ब ८० करोड कर्जा लगानीमा रहेको छ भने वित्त कम्पनीहरुले २०८० असार सम्ममा कुल कर्जा लगानीको १४ प्रतिशत कृषि, लद्यु, घरेलु तथा साना उद्यम, व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा चालु आ.वको असोज मसान्तमा उक्त क्षत्रेहरुमा १८ अर्ब ३७ करोड कर्जा लगानी गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षामा उल्लेख गरेको छ । 

साथै, राष्ट्र बैंकको नीतिमा उल्लेख गरेभन्दा बढी विपन्न वर्गमा कर्जा सापट प्रवाह गरेको छ । जसमा बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम ५ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने रहेकोमा चालु आ.वको असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुले ६.७ प्रतिशत, विकास बैंकहरुको ११ं५ प्रतिशत र वित्त कम्पनीहरुको ७.४ प्रतिशत कर्जा विपन्न वर्गमा लगानी गरेको राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षामा उल्लेख गरेको छ ।