विदेशी विनिमय सञ्चिति बढ्यो, उपभोग्य मुद्रास्फीति पनि ८ प्रतिशत भन्दा बढी

विदेशी विनिमय सञ्चिति बढ्यो, उपभोग्य मुद्रास्फीति पनि ८ प्रतिशत भन्दा बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आर्थिक बर्षको पहिलो समिक्षा सार्वजनिक गरेको छ । 
बैंकले सार्वजनिक गरेको समिक्षा अनुसार चालु आर्थिक बर्षमा उपभोग्य मुद्रास्फीति ७ प्रतिशत सीमा भित्र राख्ने लक्ष्य रहेकोमा पहिलो त्रैमासमा औसत उपभोग्य मुद्रास्फीति ८.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाय सँगै विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा चालु आ.वको असोज मसान्त सम्म आईपुग्दा विदेशी विनिमय सञ्चिति करिब ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको हो । 

त्यसैगरी चालु आ.वको मुद्राप्रदायको बार्षिक वृद्धिदर १२ प्रतिशत हुने प्रक्षेपण गरिएकोमा बार्षिक विन्दुगत आधारमा चालु आ.वको असोज मसान्त सम्ममा यस्तो वृद्धिदर ५.३ प्रतिशत रहेको छ । त्यस्तै, चालु आर्थिक बर्षमा नीजि क्षेत्रमाथिको दावी १२.६ प्रतिशतले बढ्ने प्रक्षेपण रहेकोमा बार्षिक विन्दुगत आधारमा असोज मसान्तमा वृद्धिदर ६.८ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।