काठमाडौं – आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पुराना पोलबाट नयाँ पोलमा लाइन तान्न तथा कन्डक्टर तार फेर्ने कार्यका लागि बिजुली काट्न लागिएकोले ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएकाे हाे।
प्राधिकरणका अनुसार मातातीर्थ सबस्टेसनमा रहेको सतुंगल फिडरको सबस्टेसन गेटदेखि बौथलीसम्म बाटो चौडा गर्ने सिलसिलामा बिजुली बिहान ११ बजेदखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछन्।
यस्तै, आज मातातीर्थ फिडरअन्तर्गतका चेकपोस्ट, थानकोट, नागढुंगा, वाणस्थली, बसुन्डोल, इन्द्थान, सिरानचौर, आँपचौर, कुखुरेचौर, महेशफाँट लगायतका क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो ४ बजेसम्म बिजुली नहुने प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया