काठमाडौं – इसेवा वालेटले शाखा इन्चार्जको खोजि गरेको छ । कम्पनीले चितवनका लागि एक जना शाखा इन्चार्ज माग गरेको हो ।
सो पदमा काम गर्न चाहनेले म्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने इसेवाले जनाएको छ । शाखा इन्चार्जको पदमा काम गर्न इच्छुक व्यक्तिले चार वर्षभन्दा बढीको नेतृत्व अनुभव पनि हुनुपर्नेछ भने दुई पांग्रे सवारीसाधनको प्रयोग र लाइसेन्स भएको व्यक्ति हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले इसेवामा जोडिन चाहनेलाई यो सुनौलो अवसर रहेको पनि बताएको छ ।
प्रतिक्रिया