नेपाल बैंकद्धारा उद्योगी किसनलाल दुगड सम्मानित

नेपाल बैंकद्धारा उद्योगी किसनलाल दुगड सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडको ८६ औं बार्षिक उत्सवको अवसरमा  नेपाल बैंकले केएल दुगड समुहका अध्यक्ष किसनलाल दुगडलाई सम्मान गरेको छ । बैंकको केन्द्रिय कार्यलय काठमाडौंको धर्मपथमा आयोजित एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । व्यवसायिक घरानका अब्बल व्यापारिका रुपमा परिचित दुगडले पछिल्लो समय कृषि क्षेत्रको उत्थान र प्रोत्सानमा उल्लेखीय काम गरेको पाइन्छ । यसकारण उनलाई सम्मान गरिएको बताइएको छ । वि।स २००० सालमा जन्मेका दुगडले १३ बर्षको उमेरबाट नै पढाई सँग–सँगै उद्योग व्यवसायलाई अगाडी बढाएका थिए । 

नेपाल बैंक लिमिटेडबाट कर्जा लिई व्यवसायमा लागेका दुगडले अन्तराष्ट्रिय आयातको प्रतिस्थापन गरी स्वदेशी उत्पादनलाई नेपाली बजारमा ल्याउँन सफल व्यवसायीको रुपमा आपुलाई स्थापित गरिरहेका छन ।