वाणिज्य विभागले मार्यो एमएडब्लु मोटर्समा छापा, गाडी बिक्रीमा रोक

वाणिज्य विभागले मार्यो एमएडब्लु मोटर्समा छापा, गाडी बिक्रीमा रोक


काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्सलाई कारबाही गरेकाे छ । विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाले गरेकाे अनुगमनका क्रममा विभिन्न फल्टहरु भेटिएको भन्दै गाडी बिक्रीमा रोक लगाएको हो ।

गत २० गते बुधबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिमको नियम कम्पनीहरूले उल्लंघन गरेको बताएको हो ।

विभागले एमएडब्ल्यू वृद्धि मोटर्स काठमाडौं र एमएडब्ल्यू वृद्धि अटोकर्प प्रा.लि काठमाडौंलाई बिक्री वितरण रोकेर आवश्यक कागजात बुझाउन निर्देशन दिएको हो । यि कम्पनीहरुले दीपल, सेरेस र नाम्मी ब्रान्डका गाडी बिक्री गर्दै आएका थिए ।