कडा नीतिको कारण अर्थतन्त्र सुधारिदैः गभर्नर अधिकारी

कडा नीतिको कारण अर्थतन्त्र सुधारिदैः गभर्नर अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकार र राष्ट्र बैंकले लिएको कडा नीतिकै कारण देशको पछिल्लो आर्थिक अवस्थामा सुधार आएको बताएका छन् ।

नेपालको पहिलो बैंक नेपाल बैंकको ८६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो कुरा व्यक्त गरेका हुन् । उनले भने, ‘नेपाल राष्ट्र बैंक र सरकारले लिएको नीतिकै कारण देशको आर्थिक अवस्थामा सुधार आएको हालको नतिजाले पनि देखाएको छ’ । 

राष्ट्र बैंकले अर्थतन्त्रमा कडा नीति लिएकै कारणले अर्थतन्त्रमा सुधार आएको उहाँको भनाई रहेको छ । उनले भने, ‘गत बर्षभरी नै हामीले बैंकहरुमा तरलताको अभाव झेल्नु पर्याे, तरलता मात्रै नभएर समग्र देशको अर्थतन्त्रलाई सुधार गर्नुपर्ने चुनौती थियो । सोही नीतिको कारणले हाल अर्थतन्त्र सुधारन्मुख भईरहेको छ’ । 

आज मात्रै राष्ट्र बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तिय तथ्यांकले ब्यालेन्स अफ पेमन्ट पोजेटिभ देखिएको उहाँले बताए । साथै, तरलताको अभावले हालसम्म कुनैपनि बैंकलाई समस्या नपरेको समेत बताए । 
त्यस्तै, नेपाल बैंकमार्फत कर्जा लिएर धेरै ब्यक्तिहरु अर्बपति समेत भएको उनले बताए । ‘नेपालको उद्यमीहरुमा सरुवाती दिनमा यसै बैंकबाट हजार रुपैंया ऋण लिएर आज अर्बपति भएको धेरै व्यक्तिहरु छन्’ । गभर्नर अधिकारी भने ।