मंसिरमा बैंकहरुको व्याजदर नघट्नेः नेपाल बैंकर्स संघ

मंसिरमा बैंकहरुको व्याजदर नघट्नेः नेपाल बैंकर्स संघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुको व्याजदर मंसिरमा नघट्ने भएको छ । नेपाल बैंकर्स संघको मंगलबार बसेको बैंठकले उक्त निर्णय गरेको हो । उक्त बैंठकले हाल अर्थतन्त्रको सुचकहरु स्थिर नै रहेकोले ब्याजदरमा तलमाथि गर्नुपर्ने अवस्था नभएको निष्कर्ष निकालेको छ ।

मौद्धिक नितीले लिएको पहिलो त्रैमासिक समिक्षाले लिने लक्ष्यअनुसार पुसमा ब्याजदर तलमाथि हुने भएपनि हाललाई कुनै परिवर्तन नहुने बैंकर्स संघले निष्कर्ष निकालेको हो । 

बैंकहरुले भदौ देखि मुद्दती निक्षेपमा ११.०३ प्रतिशत साथै संस्थागत तर्फ निक्षेपमा ९.०३ र बचतमा न्यूनतम ६.०३ देखि अधिकतम ८.०३ प्रतिशत ब्याजदर रहेको थियो । 

बैंकहरुले असोजमा १० प्रतिशतको दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्यूनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसम्म पुगेको छ । 

त्यस्तै, ब्याजदरको विरोधमा निजि क्षेत्रका व्यापारीहरु भने निरन्तर आन्दोलनमा छन् । बैंकहरुले मनोमानी रुपमा ब्याजदर बढाएर उद्योग, व्यापार नै बन्द गर्न लागेको व्यावसायीहरुको भनाई रहेको छ । व्याजदर बढेको विरोधमा व्यवसायीहरुले बैंक बहिष्कार आन्दोलन समेत गरेका थिए ।