महालक्ष्मी विकास बैंकले गर्यो हिमालयन ह्वाइट र शुभश्री कलेजसँग सम्झौता

महालक्ष्मी विकास बैंकले गर्यो हिमालयन ह्वाइट र शुभश्री कलेजसँग सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ ।

हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमकाबीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख कार्कीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकले कलेजका बिद्यार्थीहरुका लागि इन्टर्नसिप अपरचुनिटी, जब फेयर प्रोग्राम, बैंकिङ अवारनेस प्रोग्राम, गेस्ट लेक्चर भिजिट लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने छ । यस सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।