चेक बाउन्सको मुद्दा सरकारवादी वा व्यक्तिवादी हुनेः सर्वाेच्च अदालत 

चेक बाउन्सको मुद्दा सरकारवादी वा व्यक्तिवादी हुनेः सर्वाेच्च अदालत 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सर्वाेच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी वा व्यक्तिवादीको रुपमा बढाउन सकिने फैसला गरेको छ । 

सर्वाेच्चले २०७६ असार ६ गते चेक अनादरको मुद्दा व्यक्तिवादी फौजदारी हुने फैसला गरेको थियो । सर्वाेच्चका न्यायधिसको संयुक्त इजलासबाट भएको फैसला न्यायधीसद्धय डा.आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा र अनिलकुमार सिन्हाको इजलासले फैसलालाई उल्टाउदै चेक अनादरको मुद्दा व्यक्तिवादी फौजदारी तथा सरकारवादी मुद्दाको रुपमा हेरिने फैसला गरेको हो । 

विनिमय ऐन, २०३४ मा चेक अनादरको मुद्दा व्यक्तिवादी फौजदारी हुने उल्लेख गरिएको छ भने बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ मा भने चेक अनादरको मुद्दा सरकारवादी मुद्दा हुने उल्लेख गरिएको छ । जसअनुसार अब कानुन अनुसार दुईवटै बाटोबाट उपचारको मार्ग दिएको छ ।