काठमाडौं – आज काठमाडौं उपत्यकामा गणतन्त्रवादी र राजावादीहरूले आफ्नो शक्ति प्रदर्शन गर्दैछन् । दुर्गा प्रसाईँको नेतृत्वमा राजतन्त्र पुन स्थापनाका लागि र समाजवादी मोर्चाको नेतृत्वमा वर्तमान व्यवस्था जोगइ राख्नका लागि शक्ति प्रदर्शन भएको हो ।
राजनीतिक दलहरू आपसमा विभाजित बनेर वर्तमान व्यवस्था जोगाउने र राजतन्त्र पुन स्थापना गर्ने गरी आन्दोलन गर्दा जनजीवन भने प्रभावित बनेको छ । प्रहरी प्रशासनले राजावादी र गणतन्त्रवादीबीच मुठभेड हुन नदिनका लागि कडा सुरक्षा व्यवस्था गरेको जनाएको छ ।
यस्तै, राजावादीहरूलाई चक्रपथबाहिर र गणतन्त्रवादीहरूलाई चक्रपथ भित्र शक्ति प्रदर्शनको अनुमति दिइएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको समाजवादी मोर्चाको शक्ति प्रदर्शनी मार्गमा प्रदर्शन भइरहेको छ भने प्रसाईँ नेतृत्वको राजावादीहरूको शक्ति तीनकुने आसपास प्रदर्शन हुनेछ ।
दुई -दुई वटा राजनीतिक दलको शक्ति प्रदर्शन एकै दिन हुँदा सार्वजनिक यातायात प्रभावित बनेको छ र यसको प्रत्यक्ष प्रभाव सर्वसाधारणमा परेको छ । यात्रुहरू बाटोमा नै अलपत्र परेका छन् भने एसइईका विद्यार्थीसमेत आन्दोलनबाट प्रभावित बनेका छन् । प्रहरी प्रशासनले आजको शक्ति प्रदर्शनलाई मध्यनजर गरेर काठमाडौं उपत्यकामा ३ हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ ।
प्रतिक्रिया