काठमाडौं – चलचित्र विकास बोर्डको सदस्य पदमा सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । बोर्डको रिक्त सदस्यको पदमा लोहनी नियुक्त भएका हुन् । उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट बोर्ड सदस्यमा नियुक्त गरिएको हो ।
लोहनी २०३० साल फागुनमा लमजुङमा जन्मिएका थिए । लोहनी फिल्म निर्माता समेत हुन् । यसबाहेक लोहनीले विभिन्न टेलिभिजन कार्यक्रममा अभिनय, निर्देशनमा समेत काम गरेको अनुभव गरेको हो । २०४९ सालबाट फिल्म ‘अपमान’मा अभिनयबाट आफ्नो करियर सुरु गरेका थिए ।
यस्तै, लोहनीले ‘जय विजय’ नामक फिल्ममा नायकको भूमिका निर्वाह गरेका थिए भने २०५३ सालमा नै अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी मनिग्रामको व्यवसायीक विज्ञापन अभिनय समेत गरेका थिए । यसबाहेक उनले विभिन्न आधा दर्जन फिल्महरुमा निर्देशक तथा अभिनय समेत गरेका छन् ।
प्रतिक्रिया