स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,खुद नाफा ८१ करोड माथी

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,खुद नाफा ८१ करोड माथी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू.४८ करोड १८ लाख नाफा कमाएकोमा  चालू आवमा बढेर रू. ८१ करोड १३ लाख पुगेको छ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ६२ प्रतिशत र सञ्चालन नाफा ६९ प्रतिशत वृद्धि भएको छ । 

त्यसैगरी कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको  प्रतिशेयर आम्दानी रू.२२ दशमलव ४८ रहेकोमा चालू आवमा बढेर रू. ३४ दशमलव ४२ पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ४२ करोड रहेको छ ।

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६ अर्ब ५४ करोड र रिटेण्ड अर्निङमा रू. ३ अर्बभन्दा बढी सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ४८ करोड ५५ लाख रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ११ दशमलव ९१ गुणा र प्रतिशेयर नेटवर्थ रू. २०१ दशमलव ३२ रहेको छ ।