एनआइसी एसिया बैंकको तीन महिनाको खुद नाफा १ अर्ब बढी 

एनआइसी एसिया बैंकको तीन महिनाको खुद नाफा १ अर्ब बढी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं
एनआईसी एशिया बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू.१ अर्ब १८ करोड नाफा कमाएकोमा चालू आवमा बढेर रू. १ अर्ब ७५ करोड पुगेको हो ।

चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २२ प्रतिशत र सञ्चालन नाफा ५० प्रतिशत वृद्धि भएको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३९ दशमलव ६५ रहेकोमा चालू आवमा बढेर रू. ५९ दशमलव ६२ पुगेको हो । त्यसैगरी चालू आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ४ अर्ब २० करोड भन्दा बढी रहेको छ ।

सो अवधिमा कम्पनीको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड रहेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ११ अर्ब १ करोड र रिटेण्ड अर्निङमा रू। ४ अर्ब २० करोडभन्दा बढी सञ्चिती गरेको छ ।

सो अवधिमा कम्पनीले रू.३ खर्ब ४ अर्ब निक्षेप संकलन गरेर रू. २ खर्ब ५९ अर्ब कर्जा लगानी गरेकोे हो ।कम्पनीको मूल्य आम्दानी अनुपात १० दशमलव २३ गुणा, तरलता अनुपात २१ दशमलव ८५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २३१ दशमलव ६३ रहेको छ