तीन महिनामा मेगा बैंकको खुद नाफा ४४ प्रतिशतले घट्यो 

तीन महिनामा मेगा बैंकको खुद नाफा ४४ प्रतिशतले घट्यो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंक नेपालले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक  गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ९१ करोड ४६ लाख नाफा कमाएकोमा चालू आवमा रू. ५० करोड ९१ लाखमा झरेको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेको नाफा घटको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ४५ प्रतिशत घटेको छ ।

गत आवमा कम्पनीले रू. १ अर्ब ३० करोड सञ्चालन नाफा गरेकोमा चालू आवमा रू. ७० करोड ५९ लाखमा झरेको हो । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २४ दशमलव २४ रहेकोमा चालू आवमा रू. १२ दशमलव ४० मा झरेको हो ।

त्यस्तै चालू आवमा कम्पनीको वितरण योग्य नाफा रू. १ अर्ब ५८ करोड भन्दा बढी रहेको छ । कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब १२ करोड रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा रू. ४ अर्ब ६१ करोड, रिटेण्ड अर्निङमा रू.१ अर्ब ९३ करोड र शेयर प्रिमियममा रू. २० करोड ७८ लाख सञ्चित गरेको छ । त्यस्तै चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव २३ गुणा,तरलता अनुपात २२ दशमलव ८६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४१ दशमलव ८८ रहेको छ ।