लक्ष्मी बैंकको तीन महिनामा ५० करोड ३५ लाख नाफा

लक्ष्मी बैंकको तीन महिनामा ५० करोड ३५ लाख नाफा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

लक्ष्मी बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तीन महीनामा रू.५० करोड ३४ लाख नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ८ प्रतिशत कमि आएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू.५५ करोड २८ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको सञ्चालन नाफामा कमि आएसँगै नाफा घटेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ७७ करोड ३२ लाख रहेकोमा चालू आवमा रू. ७१ करोड ६ लाखमा सीमित भएको हो । 

त्यसैगरी कम्पनीको नाफामा कमि आएसँगै प्रतिशेयर आम्दानी घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ६८ रहेकोमा चालू आवमा रू. १७ दशमलव ४३ मा झरेको छ । त्यसैगरी चालू आवमा कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ३० करोड रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ६९ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवमा रू. ८९ करोड १७ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १ अर्ब ५१ करोड पुगेको छ । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ५५ करोड रहेको छ  । चालू आवमा कम्पनीले जगेडामा रू. ४ अर्ब ५५ करोड र रिटेण्ड अर्निङमा रू. १ अर्ब ३० करोड सञ्चित गरेको हो ।

सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ११ दशमलव ३६ गुणा, तरलता अनुपात २१ दशमलव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५० दशमलव ७३ रहेको छ ।