युनाइटेड इदी मर्दी हाइड्रोपावरकाे सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित, अध्यक्षमा पौड्याल

युनाइटेड इदी मर्दी हाइड्रोपावरकाे सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित, अध्यक्षमा पौड्याल


काठमाडौं –  युनाइटेड इदी मर्दी एण्ड आर बि. हाइड्रोपावर लिमिटेडको सञ्चालकमा ६ सदस्य निर्विरोध निर्वाचित भएका छन्। कम्पनीकाे सोमबार सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट उनीहरू सो पदमा निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरूमा प्रकाश केसी, रोशन केसी, किरण केसी, विश्व प्रसाद गौतम, किशोरी कार्की गोदार र सौगात कुमार वाग्ले रहेका छन् । 

साथै, सञ्चालक समितिको बैठकले यसै मितिदेखि प्रकाश केसीलाई अध्यक्ष पदमा निर्वाचित गरेको सचिव नीरज पौड्यालले जानकारी दिएका छन् ।  उनीहरूको कार्यकाल ४ वर्षको हुनेसमेत उनले जानकारी दिएका हुन् ।